देउवा र यादवबीच अर्थपूर्ण भेट

3 वर्ष पहिले प्रकाशित

(2079-09-22 B.S.)

2694 पटक देखिएको

मधेश प्रदेशमा सरकार गठन सम्बन्धमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच बिहीबार विहान देउवा निवास धुम्बराहीमा भेट वार्ता भएको छ ।

संघीय सरकारको प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेका यादवले मधेश प्रदेशमा काँग्रेससित मिलेर सरकार बनाउन सक्ने संकेत गरेका छन् । मधेश प्रदेशमा जसपाले सरकारको नेतृत्व चाहेको छ । सरकारको नेतृत्व गर्न जसपालाई कांग्रेस र एमाले मध्ये एउटाको समर्थन अनिवार्य छ ।

 संघीय सरकारमा सहभागी नभएको जसपाले मधेश प्रदेशमा सरकार बनाउन माओवादीले प्रतिबद्धता नजनाए प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने घुमाउरो निर्णय राजनीतिक समितिबाट गरेको छ । गत असोजको अन्तिम हप्ता नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छाडेपछि पहिलो पटक सभापति देउवासित यादवले भेटेका हुन् ।

 चुनावमा एमालेसित तालमेल गरेका यादवले चुनावको परिणाम घोषणा भएसँगै तालमेल समाप्त भइसकेको धारणा सार्वजनिक गरेका थिए । देउवासितको यादवको भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण मानिएको छ । मधेश प्रदेशको दोस्रो ठूलो दल कांग्रेससँग २२ प्रदेशसभा सदस्य छन् ।

 जसपासँग १६ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग ९ प्रदेशसभा सदस्य छन् । १०७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ प्रदेशसभा सदस्यको साथ चाहिन्छ । मधेश प्रदेशमा ६ जना स्वतन्त्र सभासद छन् । उनीहरुको साथ पनि जसपा, कांग्रेस गठबन्धनले पाउन सक्ने संभावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

3 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

7 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

7 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

7 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

7 दिन पहिले

गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..

गौशाला, महोत्तरी  असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..

3 महीना पहिले

रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..

गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि  १५ जना व्यक्तिहरू मा..

5 महीना पहिले

नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..

महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..

5 महीना पहिले

राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..

काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..

6 महीना पहिले

गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..

ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..

6 महीना पहिले