उपमहानगरपालिकामा कालो झण्डा गाडेर तालाबन्दी
चैत्र १६ गते
सुनसरी : कोशी प्रदेशको नाम खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका पहिचान पक्षधर आन्दोलनकारीहरूले धरान उपमहानगरपालिकामा कालो झण्डा गाडेर तालाबन्दी गरेका छन्।
बिहीबार नारा जुलुससहित आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरूले वडा कार्यालयमा समेत तालाबन्दी गरेका छन्।
धरान उपमहानगरपालिका सहित धरानको वडा नम्बर ५, १२, १५, १६ लगायतको वडा कार्यालयमा तालाबन्दी गरेका छन्। सयौंको संख्यामा रहेका आन्दोलनकारीहरूले प्रहरीकै अगाडि कार्यालयमा तालाबन्दी गरेका थिए।
सुनसरी प्रशासनले सुरक्षा व्यवस्था मजबुत नबनाएका कारण आन्दोलनकारीहरूले उपमहानगरपालिका र वडा कार्यालयमा तालाबन्दी गर्न सफल भएका हुन्।
प्रहरीले केही वडा कार्यालयको तालाबन्दी खोलेको भए पनि पुनः तालाबन्दी गरेका कारण वडा कार्यालयको काम सञ्चालन गर्न नसकिएको वडा नम्बर ५ का वडाध्यक्ष मनप्रसाद्र लिम्बुले बताए।
नाम खारेजीको माग राखेर आन्दोलन गर्ने क्रममा प्रहरीसँगको झडपमा विराटनगरमा लिम्बुवान भोलन्टियर्स (एलभी) कमाण्डर पदम लिम्बु लाजेहाङको मृत्यु भएपश्चात पहिचान पक्षधरहरूले आन्दोलनलाई सशक्त पारेका छन्।
बन्द, हड्ताल, कोसी प्रदेशका मुख्यमन्त्रीको कार्यालय घेराउ गर्दै आएका उनीहरूले प्रदेश भरी सरकारी कार्यालय सञ्चालन गर्न नदिने चेतावनी दिँदा समेत सरकारले उनीहरूलाई वार्ताको टेबलमा राख्न सकेको छैन।
सरकारले आन्दोलनकारीलाई वार्तामा नबोलाएका कारण आन्दोलनकारीहरूले सुनसरी, मोरङ, झापा, इलाम, धनकुटा लगायतका जिल्लामा आन्दोलन चर्काएका छन्।
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
3 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
6 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
6 दिन पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..
7 दिन पहिले
सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..
निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..
7 दिन पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..
7 दिन पहिले
गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..
गौशाला, महोत्तरी असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..
3 महीना पहिले
रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..
गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि १५ जना व्यक्तिहरू मा..
5 महीना पहिले
नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..
महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..
5 महीना पहिले
राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..
काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..
6 महीना पहिले
गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..
ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..
6 महीना पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गु..
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाक..
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिक..
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय ..
कमेन्ट गर्नुहोस्
view comments