नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदानमा पत्रकार सम्मानित

3 वर्ष पहिले प्रकाशित

(2079-12-30 B.S.)

4084 पटक देखिएको

पवन प्रसाद साह

चैत ३० गते , वीरगंज

सनातन संस्कृति समाज नेपाल वीरगंज,पर्साद्वारा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

वीरगंज महानगरपालिका वार्ड नं १२ स्थित रानिघाटमा भएको कार्यक्रममा पुरानो वर्षलाई बिदाई गर्दै नयाँ वर्ष २०८० साललाई स्वागत गर्दै शुभकामना आदानप्रदानमा पत्रकार तथा व्यवसायीहरुलाइ पनि सम्मानित गरिएको छ। नयाँ वर्ष शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि सनातन संस्कृति समाज नेपालका केन्द्रीय उपाध्यक्ष तथा पुर्व जिविस पर्साका सभापति शम्भु प्रसाद चौरसिया तथा कार्यक्रमका संयोजक राजेश गुप्ताले संयुक्त रुपमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिरमा फुलमाला अबिर लगाई कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि अतिथि चौरसियाले २०७९ साल जसरी बित्यो त्यसलाइ बिदाई गर्दै नयाँ वर्ष २०८० साल भोलि देखी प्रारम्भ हुने दिन सबैजनाको सुखमय बितोस भन्दै शुभकामना व्यक्त गरेका थिए।

त्यस्तै  शुभकामना कै क्रममा कार्यक्रमका सभापति राजेश गुप्ताले पुरानो वर्षलाइ बिदाई गर्दै नयाँ वर्षलाइ स्वागत गर्दै शुभकामना व्यक्त गरेका थिए। त्यस्तै शुभकामना आदानप्रदान कै क्रममा विशिष्ट अतिथि सनातन सांस्कृतिक समाज नेपालका केन्द्रीय सदस्य विश्वनाथ साह तेली, केन्द्रीय सह महामन्त्री अजय पौडेल, नेपाल राष्ट्रवादी समुहका अध्यक्ष विरेन्द्र थापाले नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए।

शुभकामना आदानप्रदान कै क्रममा पर्साका पत्रकार तथा व्यवसायीहरुलाइ सम्मान पत्र वितरण गरिएको थिए। सम्मान पत्र पाउनेमा रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साह, रौतहट एक्स्प्रेसका संवादाता पवन प्रसाद साह, प्रहार डेलीका संचालक राहुल गुप्ता, राजधानी दैनिकका तुलसि भण्डारी, न्युज आजतक दैनिकका किरण सत्याल, मोर्चा सप्ताहिकका सम्पादक संकर खतिवडा,दर्पण सप्ताहिकका सम्पादक कल्याण बहादुर हाडा, नारायणी धारा साप्ताहिकका सम्पादक शेषमन पंडित, रेडियो समग्र मधेसका संवादाता चन्द्रशेखर कुमार प्रजापति,जनसृष् दैनिकका कार्यकारी सम्पादक युवराज खड्का,श्री गोविन्द ट्रेडर्सका नरेस कुमार साह,श्री वर्मा हार्डवेयरका धिरज सिंह, श्री तुलसी ट्रेडर्स  सप्लायर्सका रामबाबु साह,निर्मल कम्प्युटर सप्लायर्सका संतोस कुमार कलवार,नेपाल राष्ट्रवादी समुहका अध्यक्ष बिरेन्द्र थापालाइ सनातन संस्कृति समाज नेपालका केन्द्रीय उपाध्यक्ष तथा पुर्व जिविस पर्साका सभापति शम्भु प्रसाद चौरसियाले दोसाला ओढाइ सम्मान पत्र वितरण गर्दै नयाँ वर्षको शुभकामना दिएका थिए।

नयाँ वर्षको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सनातन संस्कृति समाज नेपाल का केन्द्रीय उपाध्यक्ष तथा पुर्व जिविस पर्साका सभापति शम्भु प्रसाद चौरसियाको प्रमुख अतिथि तथा कार्यक्रम संयोजक राजेश गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि सनातन संस्कृति समाज नेपालका केन्द्रीय सदस्य विश्वनाथ साह तेली, केन्द्रीय सहमहामन्त्री अजय पौडेल, जिल्ला सदस्य दिपनारायण यादव,उदित सहनी,लगायत पत्रकार तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन सम्भु घिमिरेले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

3 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

7 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

7 दिन पहिले

गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..

गौशाला, महोत्तरी  असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..

3 महीना पहिले

रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..

गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि  १५ जना व्यक्तिहरू मा..

5 महीना पहिले

नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..

महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..

5 महीना पहिले

राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..

काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..

6 महीना पहिले

गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..

ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..

6 महीना पहिले