संविधान संशोधनको विषयमा आफुले राखेको प्रस्तावलाई प्रतिनिधि सभाले अस्वीकृत गरेपछि । सरिता गिरी आक्रोश

6 वर्ष पहिले प्रकाशित

(2077-02-31 B.S.)

3215 पटक देखिएको

जेष्ठ ३१, काठमाडौँ 

समाजवादी पार्टीकी सांसद सरिता गिरीले जातिय भावनामा राष्ट्रियता जोडेर असन्तुष्ट पक्षलाई आक्रमण गरिएको बताउनुभएको छ ।

संविधान संशोधनको विषयमा आफुले राखेको प्रस्तावलाई प्रतिनिधि सभाले अस्वीकृत गरेपछि बाहिरिनु भएकी सांसद गिरीले आफुले आफ्नो धारणा संसदमा राख्न नपाएको भन्दै आफुमाथि जातिय विभेद राखेर आक्रमण गरिएको बताउनुभयो । उहाँले एकजना महिलाले उठाएको आवाजलाई राष्ट्रियताको नाउँमा अस्वीकृत गर्ने र आक्रमण हुने प्रवृतिले बंगलादेशमा जस्तै महिला जगृत हुने बताउनुभयो । 

उहाँले भन्नुभयो ‘यो राष्ट्रियताका नाउँमा एकजना महिला सांसदमाथि जुन व्यवहार भइराखेको छ यदि यसलाई तपाइहरुले चेक गर्नुभएन भने अनि नबिर्सनुहोस् बंगलादेशको निर्माण कसरी भएको थियो । बंगलादेशको निर्माण महिलाहरुले गरेका हुन् । किनभने त्यहाँ पाकिस्तानी सेनाहरुले बलात्कार गरिरहेका थिए । बोर्सनिया, हर्जगोभिना सबै । जव जातिय भावनामा राष्ट्रियता ल्याईकन कुनै असहमत पक्षलाई आक्रमण गरिन्छ यदि त्यसामा हामी बेलामै सचेत भएनौं भने यसको परिणाम मूलुकको राष्ट्रिय एकताका लागि र मुलुकको राष्ट्रियताको लागि हुँदैन् ।’ 

सांसद गिरीले आफुले संविधान संशोधनका विषयमा संसदमा कुरा उठाएदेखि नै सर्वत्र विरोध र आक्रमण भइराखेको समेत बताउनुभयो । आफुले संविधान संशोधनका क्रममा भएको कमजोरी राखेपछि आत्महत्या गर्ने या जंगको मैदानमा उत्रनुपर्ने दुई विकल्प मात्रै रहेको र आफु महिलाको सेल्फ डिग्निटी र सेल्फ रेस्पेक्टको रक्षा गर्नुपर्छ भनेर लागेको समेत बताउनुभयो । 
सांसद गिरीले आफुले कुन विचार र मनसायको आधारमा संविधान संशोधनको प्रस्ताव दर्ता गरेको भन्ने जानकारी संसदलाई गराउन नपाएको समेत बताउनुभयो । उहाँले निशान छापमा नेपालको वास्तविक नक्सा परिवर्तन गर्ने विषयको विपक्षमा नभई संविधान संशोधन गर्नुको आधार र कारण नखुलाइएकाले प्रस्ताव दर्ता गरेको बताउनुभयो । 

उहाँले संविधनमा नक्सा परिवर्तन गर्दा १८१६ को सन्धिलाई आधार मानिएको छ भने उक्त सन्धिमा मधेसमा रहेका नागरिकलाई भेदभाव गर्न पाइनेछैन भन्ने उल्लेख भएकाले उक्त जानकारी संसदलाई गराउन मात्र खोजेको दावी गर्नुभयो । उहाँले १८१६ को सन्धि अनुसार नक्सा संशोधन हुन्छ भने सोही सन्धि अनुसार नै तराई मधेससँग भइरहेको विभेद र त्यहाँको समस्यालाई समेत उठाउनुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

4 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

10 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

11 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

13 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

19 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

3 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

6 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

7 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

7 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

7 महीना पहिले