संविधान संशोधनको विषयमा आफुले राखेको प्रस्तावलाई प्रतिनिधि सभाले अस्वीकृत गरेपछि । सरिता गिरी आक्रोश
जेष्ठ ३१, काठमाडौँ
समाजवादी पार्टीकी सांसद सरिता गिरीले जातिय भावनामा राष्ट्रियता जोडेर असन्तुष्ट पक्षलाई आक्रमण गरिएको बताउनुभएको छ ।
संविधान संशोधनको विषयमा आफुले राखेको प्रस्तावलाई प्रतिनिधि सभाले अस्वीकृत गरेपछि बाहिरिनु भएकी सांसद गिरीले आफुले आफ्नो धारणा संसदमा राख्न नपाएको भन्दै आफुमाथि जातिय विभेद राखेर आक्रमण गरिएको बताउनुभयो । उहाँले एकजना महिलाले उठाएको आवाजलाई राष्ट्रियताको नाउँमा अस्वीकृत गर्ने र आक्रमण हुने प्रवृतिले बंगलादेशमा जस्तै महिला जगृत हुने बताउनुभयो ।
उहाँले भन्नुभयो ‘यो राष्ट्रियताका नाउँमा एकजना महिला सांसदमाथि जुन व्यवहार भइराखेको छ यदि यसलाई तपाइहरुले चेक गर्नुभएन भने अनि नबिर्सनुहोस् बंगलादेशको निर्माण कसरी भएको थियो । बंगलादेशको निर्माण महिलाहरुले गरेका हुन् । किनभने त्यहाँ पाकिस्तानी सेनाहरुले बलात्कार गरिरहेका थिए । बोर्सनिया, हर्जगोभिना सबै । जव जातिय भावनामा राष्ट्रियता ल्याईकन कुनै असहमत पक्षलाई आक्रमण गरिन्छ यदि त्यसामा हामी बेलामै सचेत भएनौं भने यसको परिणाम मूलुकको राष्ट्रिय एकताका लागि र मुलुकको राष्ट्रियताको लागि हुँदैन् ।’
सांसद गिरीले आफुले संविधान संशोधनका विषयमा संसदमा कुरा उठाएदेखि नै सर्वत्र विरोध र आक्रमण भइराखेको समेत बताउनुभयो । आफुले संविधान संशोधनका क्रममा भएको कमजोरी राखेपछि आत्महत्या गर्ने या जंगको मैदानमा उत्रनुपर्ने दुई विकल्प मात्रै रहेको र आफु महिलाको सेल्फ डिग्निटी र सेल्फ रेस्पेक्टको रक्षा गर्नुपर्छ भनेर लागेको समेत बताउनुभयो ।
सांसद गिरीले आफुले कुन विचार र मनसायको आधारमा संविधान संशोधनको प्रस्ताव दर्ता गरेको भन्ने जानकारी संसदलाई गराउन नपाएको समेत बताउनुभयो । उहाँले निशान छापमा नेपालको वास्तविक नक्सा परिवर्तन गर्ने विषयको विपक्षमा नभई संविधान संशोधन गर्नुको आधार र कारण नखुलाइएकाले प्रस्ताव दर्ता गरेको बताउनुभयो ।
उहाँले संविधनमा नक्सा परिवर्तन गर्दा १८१६ को सन्धिलाई आधार मानिएको छ भने उक्त सन्धिमा मधेसमा रहेका नागरिकलाई भेदभाव गर्न पाइनेछैन भन्ने उल्लेख भएकाले उक्त जानकारी संसदलाई गराउन मात्र खोजेको दावी गर्नुभयो । उहाँले १८१६ को सन्धि अनुसार नक्सा संशोधन हुन्छ भने सोही सन्धि अनुसार नै तराई मधेससँग भइरहेको विभेद र त्यहाँको समस्यालाई समेत उठाउनुपर्ने बताउनुभयो ।
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
4 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
10 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
18 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
18 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
19 दिन पहिले
गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..
गौशाला, महोत्तरी असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..
1 महीना पहिले
रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..
गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि १५ जना व्यक्तिहरू मा..
3 महीना पहिले
नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..
महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..
4 महीना पहिले
राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..
काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..
4 महीना पहिले
गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..
ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..
5 महीना पहिले
गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन
निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..
6 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments