भ्रामक समाचार प्रति नगर प्रमुख क्षेत्रीको गम्भीर ध्यानाकर्षण
2 वर्ष पहिले प्रकाशित
(2080-12-15 B.S.)
2078 पटक देखिएको
ममता शर्मा
महोत्तरी , चैत्र १५ गते
बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले भ्रामक समाचार सम्प्रेषण गरेप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । नगर प्रमुख क्षेत्रीले गत मंगलबार न्युजप्रवाह डटकम अनलाइनमा प्रकाशित ‘मधेसमा माओवादीको ओरालो यात्रामा भरत साहको भूमिका’ नामक समाचारमा आफ्नो नाम समेत जोडेर भ्रामक समाचार उल्लेख गरिएको आरोप लगाएका छन् उल्लेखित समाचार छापिएका समाचार तथ्य बिपरीत, कपोकल्पीत र पूर्ण गलत रहेको भन्दै सामाजिक संजालमार्फत आपत्ति जनाएका छन् ।
उनले सामाजिक संजालमा लेखेका छन् , “ मिति २०८० चैत्र १३ गते मंगलबारको दिन न्युजप्रवाह (News Prabaha) अनलाईन खबरका पत्रकार विशाल वस्नेतले पत्रकारको धर्म र कर्म बिपरीत नितान्त पूर्वाग्राही र अरूको प्रभावमापरी कपोकल्पित र मनगढंन्ते कहानी बनाई ब्यक्तिगत मानमर्दन हुने किसिमको समाचार लेखेको कारण गम्भिर ध्यान आकर्षण भएको छ। छापिएका समाचार तथ्य बिपरीत, कपोकल्पीत र पूर्ण गलत छ। त्यसैले यो भ्रमित र कपोकल्पित समाचारको भर्त्सना गर्दै पत्रकारीताको मर्म र धर्म अनुरूप पत्रकारीता गर्न हुन यसै पत्रबाट अनुरोध पनि गर्दछु। धन्यवाद!”

गत मंगलबारको समाचार यस्तो छ :
केही समयअघि उनी र आफूलाई माओवादीको सैद्धान्तिक नेता बताउने अनिल बस्नेत युरोप घुम्न गएको चर्चा अझै सेलाएको छैन । यसभित्रको अन्तर्य पनि माओवादी नेता, कार्यकर्ताहरूले खोजेका छन् । शीर्ष नेताहरूको अगाडि, पछाडि पर्दै फोटो खिचेर फेसबुके नेताका रूपमा चिनिएका बस्नेतलाई उपयोग गरेर अहिले साहले केही स्वार्थ पूरा गरिरहेको नेता, कार्यकर्ताहरूको निष्कर्ष छ ।
उनै बस्नेतले बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लादकुमार क्षेत्रीलाई प्रयोग गरेर युरोप भ्रमणमा गएको खुलासा भएको छ । नगर प्रमुख क्षेत्रीले नै युरोप पठाएको नेता साहले मधेस प्रदेशको एक बैठकमा समेत खुलासा गरेका छन् ।
‘बैठकमा भ्रमणको विषयमा कुरा उठ्यो । उहाँले पनि स्वीकार गर्नुभयो कि बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लादकुमार क्षेत्रीले पठाएको भनेर,’ बैठकमा सहभागी एक नेताले भने, ‘थप भित्री अन्तर्यहरू खोतल्छौँ ।’
युरोप भ्रमण सकेर फर्किएका साह र बस्नेत एकैपटक बर्दिवास नगरपालिकाको नगरसभामा देखिएका थिए । नेपाली कांग्रेसबाट बागी वनेर निर्वाचित भएका नगर प्रमुख क्षेत्री आफैँ पछिल्लो समय विभिन्न विकृतिहरूको पक्षपोषण गरेको भन्दै आलोचित भइरहेका छन् ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
3 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
6 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
7 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
7 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
7 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
7 महीना पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments