आर्थिक समृद्धि र जनताको विकासको लागि सुशासन अनिवार्य : मन्त्रि साह
2 वर्ष पहिले प्रकाशित
(2081-01-08 B.S.)
1970 पटक देखिएको
ममता शर्मा
महोत्तरी , बैशाख ८ गते
नेकपा माओवादी केन्द्रका नेता भरत प्रसाद साहले आर्थिक समृद्धि र जनताको विकासको लागि सुशासन अनिवार्य रहेको बताउनुभएको छ । शनिबार रेडियो जुनताराबाट सम्मान ग्रहण गर्दै भर्खरै मन्त्रि पदमा नियुक्त हुनुभएका मन्त्रि साहले सो कुरा बताउनुभएको हो ।
मन्त्रि साहले जनताले न्यायपूर्ण र विभेदरहित समाजको जोडदार माग गरिरहेकोले सम्बन्धित जिम्मेवार व्यक्तित्वहरुले जनताले गरे अपेक्षा अनुरुप कार्य नगरेको हुनाले उनीहरु निराश हुनु स्वाभाविक रहेको बताउनुभयो ।
‘जनतालाई जनप्रतिनिधिबाट भाषण नभएर विकास चाहिएको छ र त्यस अनुसार जनप्रतिनिधिहरुले कार्य नगर्दा उनीहरु निराश भएका छन् , उहाँले भन्नुभयो , “बिगतको भन्दा फरक किसिमले सरकार अगाडी बढाउनुपर्छ । पछिल्लो समयमा मन्त्रि परिषदबाट जनताले निराशा मात्र प्राप्त गरेका छन् । जनताप्रति उत्तरदायी जति हुनपर्ने हो , त्यति हुन सकेन । सरकार भ्रष्टाचार तथा १०% को कमिसनमा लिप्त भएको जस्तो जनताले महशुस गरिरहेका छन् । त्यसैले अब मन्त्रालय तथा मन्त्रिबाट हुने यस्ता गतिविधिको न्यूनीकरणको लागि मेरो पहिलो कदम हुनेछ र जनतालाई प्रत्याभूति हुनेगरि काम ।”
मन्त्रि भइसकेपछी अनेक चुनौतीको पनि सामना गर्नुपर्ने हुन्छ तर त्यसबीचमा पनि आफ्नो कर्तव्य र जिम्मेवारी बहन गर्दै कार्य गर्ने योजना छ , उहाँले थप्नुभयो , “साथै आगामी दिनमा बजेट पास भइसकेपछी समयमै कार्य गरिसक्ने योजना पनि छ ।द्रुतगतिको साथ जनताको सेवामा अगसर भएर लाग्नु छ। मैले सधै जनताको करिब भएर कार्य गरेको छु र गरिरहनेछु किनभने जनताले मलाई फेरी भोट दिएर निर्वाचित गरायो त्यसको लागि मैले जनताको सदैब सेवा गर्नेछु इमान्दारपूर्वक देश र जनतालाई अगाडि सम्झेर निर्धारित आफ्ना जिम्मेवारीमा लाग्नेछु ।”
बिहिबार मन्त्रि पदमा नियुक्त भएका नेता साहलाई गौशालाको रेडियो जुनतारा १०३.४ मेगाहर्जका संचालक तथा प्रमुख निरन्जन कुमार साहले सम्मान गरेका छन् । साथै मन्त्रि साहले मौलाउदै गईरहेको संचार क्षेत्रलाई उकास्नको लागि आधुनिक प्रविधियुक्त बनाउनुपर्नेमा जोड दिनुभयो । सरकार लामो समयसम्म स्थिर रहेमा संचार क्षेत्र मात्र नभएर समग्र मधेश प्रदेशमै सुशासन र समृद्ध सिर्जनाको लागि कार्य गर्ने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
3 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
6 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
7 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
7 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
7 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
7 महीना पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments