गौशाला नगरपालिकाको १२ औं नगरसभा सम्पन्न , ९० करोडभन्दा बढीको बजेट प्रस्तुत

2 वर्ष पहिले प्रकाशित

(2081-03-11 B.S.)

1353 पटक देखिएको

ममता शर्मा ।

असार १०, महोत्तरी ।

महोत्तरीको गौशाला नगरपालिकाको १२ औं नगरसभा सम्पन्न भएको छ । सोमबार गौशाला  -४ स्थित रहेको कबर्ड हलमा सम्पन्न नगरसभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । गौशाला नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ९३ करोड १५ लाख ५७ हजार ५ सय बजेट ल्याएको छ ।

आगामी आर्थिक वर्षमा पालिकाले गौशालाको ३ वटा वडालाई साक्षर घोषणा गरिने ,  सामुदायिक विद्यालयमा कक्षा ३ सम्म अङ्ग्रेजी माध्यममा पठनपाठन गरिने , नव संचालित गौशाला बहुमुखी क्याम्पसमा विपन्न छात्रछात्रालाई निशुल्क अध्ययनको वयवस्था तथा बसको व्यवस्था गरिने ,नगर अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गरिने, निशुल्क एम्बुलेन्स सेवा ,पालिका भित्र रहेका मावी विद्यालयमा १/१ नर्सको व्यवस्था गरिने, नगर भित्रका सम्पूर्ण क्षेत्रमा स्वच्छ खानेपानीको व्यवस्था गरिने ,सार्वजनिक स्थलहरुमा सरसफाइको व्यवस्था गरिने ,किसानहरुको लागी सिचाइको व्यवस्था , दक्ष जनशक्ति निर्माणको लागि आवश्यक तालिमको व्यवस्था गरिने, पर्यटकिय क्षेत्रहरुको विकास र विस्तार गरिने, वन संरक्षणको लागि बढी भन्दा बढी वृक्षारोपणमा जोड दिइने लगायतको नीति तथा योजना अघि सारेको छ ।

नगरसभामा प्रमुख अतिथिका रुपमा उपस्थित मधेश प्रदेश सरकारका अर्थ मन्त्री भरत प्रसाद साहले गौशाला नगरपालिकाले विकासका समग्र पक्षलाई समेटेर ल्याएको बजेट उचित रहेको बताए ।पालिकाको आगामी आर्थिक वर्षको बजेट जनताको समस्या समाधानमा सहज हुने विश्वास व्यक्ति गरे । उनले भने ,"बजेट प्रसंसनिय र जनताको हकहितको लागि छ । त्यसको लागि प्रदेश सरकार आवश्यक समन्वयको लागि तत्पर रहने छ ।"

साथै अर्थ मन्त्री साहले जनताको विकासको लागि तिनै तहका सरकारबिच तालमेल हुन जरुरी रहेको बताए । उनले मधेश प्रदेश सरकारबाट यसपालि निर्मित बजेट समान रूपमा वितरण गरिएको भए पनि वास्तविक रुपमा समस्या परेको ठाँउमा बजेट वितरण हुन नसकेको जिकिर गरे । मधेश सरकारले ल्याएको बजेटप्रती जनता असन्तुष्ट छ,  उनले फेरि भने ,"धेरै जनाले बजेटप्रती गुनासो गरिरहेका छन् । उपयुक्त र आवश्यकता अनुसार बजेट नआएको भन्दै जनसमुदायमा आलोचना  बढेको छ । खासमा पहिलोको भन्दा यसपटक फरक तरिकाले बजेट तर्जुमा गरिएको हो ।अन्य मन्त्रालयहरुको तुलनामा सबैभन्दा कम बजेट अर्थ मन्त्रालयमा रहेको छ ।आउने दिनमा यो बजेट विनियोजनलाई संसोधन गरि सच्च्याइने छ ।"

त्यस्तै नगरप्रमुख डा. दिपेन्द्र महतोले नीति, कार्यक्रम तथा बजेटमा कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता  दिँदै यस आर्थिक वर्षमा गौशाला नगरपालिकाको धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रमा आवश्यक विकास गर्ने बताए । साथै उनले गौशालाको बजार व्यवस्थापन , शैक्षिक संस्था व्यवस्थापन र स्वास्थ्य सेवा सहज तवरले उपलब्ध गराइने जानकारी दिए ।जनसमुदायको आवश्यकतालाइ औल्याएर बजेट विनियोजन गरिएको उनले बताए ।

कार्यक्रममा मधेश प्रदेशका अर्थ मन्त्री भरत प्रसाद साह , नगर प्रमुख डा. दिपेन्द्र महतो , उपप्रमुख रेनु कुमारी महतो , जसपाका नगर अध्यक्ष कुमरकान्त झा , प्रमुख प्रसाशकीय  अधिकृत शम्भु ठाकुर ,नेपाली काङ्ग्रेसका नगर प्रमुख प्रत्यासी बसन्त गुरुङ , जसपाका  नेता रमेश महतो , नेकपा एमालेका नेता शंकर महतो , पुर्व उपप्रमुख आशा लामा ,१२ ओटै वडाका वडा अध्यक्षहरु , नगरपालिकाका कर्मचारीहरु ,विभिन्न पार्टीका प्रतिनिधिहरु लगायत बाक्लो सङ्ख्यामा जनसमुदायको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

7 दिन पहिले

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण

एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..

11 दिन पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

14 दिन पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

17 दिन पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

20 दिन पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

20 दिन पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

2 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

2 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

2 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

2 महीना पहिले

महोत्तरी–१ मा उत्साहको लहर: गिरिराज मणि पोखरेलतर्फ बढ्द..

रोहित यादव महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी क्षेत्र नं. १ मा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ। गाउँ बस्त..

2 महीना पहिले