गौशाला नगरपालिकाको १२ औं नगरसभा सम्पन्न , ९० करोडभन्दा बढीको बजेट प्रस्तुत
1 वर्ष पहिले प्रकाशित
(2081-03-11 B.S.)
1205 पटक देखिएको
ममता शर्मा ।
असार १०, महोत्तरी ।
महोत्तरीको गौशाला नगरपालिकाको १२ औं नगरसभा सम्पन्न भएको छ । सोमबार गौशाला -४ स्थित रहेको कबर्ड हलमा सम्पन्न नगरसभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । गौशाला नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ९३ करोड १५ लाख ५७ हजार ५ सय बजेट ल्याएको छ ।
आगामी आर्थिक वर्षमा पालिकाले गौशालाको ३ वटा वडालाई साक्षर घोषणा गरिने , सामुदायिक विद्यालयमा कक्षा ३ सम्म अङ्ग्रेजी माध्यममा पठनपाठन गरिने , नव संचालित गौशाला बहुमुखी क्याम्पसमा विपन्न छात्रछात्रालाई निशुल्क अध्ययनको वयवस्था तथा बसको व्यवस्था गरिने ,नगर अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गरिने, निशुल्क एम्बुलेन्स सेवा ,पालिका भित्र रहेका मावी विद्यालयमा १/१ नर्सको व्यवस्था गरिने, नगर भित्रका सम्पूर्ण क्षेत्रमा स्वच्छ खानेपानीको व्यवस्था गरिने ,सार्वजनिक स्थलहरुमा सरसफाइको व्यवस्था गरिने ,किसानहरुको लागी सिचाइको व्यवस्था , दक्ष जनशक्ति निर्माणको लागि आवश्यक तालिमको व्यवस्था गरिने, पर्यटकिय क्षेत्रहरुको विकास र विस्तार गरिने, वन संरक्षणको लागि बढी भन्दा बढी वृक्षारोपणमा जोड दिइने लगायतको नीति तथा योजना अघि सारेको छ ।
नगरसभामा प्रमुख अतिथिका रुपमा उपस्थित मधेश प्रदेश सरकारका अर्थ मन्त्री भरत प्रसाद साहले गौशाला नगरपालिकाले विकासका समग्र पक्षलाई समेटेर ल्याएको बजेट उचित रहेको बताए ।पालिकाको आगामी आर्थिक वर्षको बजेट जनताको समस्या समाधानमा सहज हुने विश्वास व्यक्ति गरे । उनले भने ,"बजेट प्रसंसनिय र जनताको हकहितको लागि छ । त्यसको लागि प्रदेश सरकार आवश्यक समन्वयको लागि तत्पर रहने छ ।"
साथै अर्थ मन्त्री साहले जनताको विकासको लागि तिनै तहका सरकारबिच तालमेल हुन जरुरी रहेको बताए । उनले मधेश प्रदेश सरकारबाट यसपालि निर्मित बजेट समान रूपमा वितरण गरिएको भए पनि वास्तविक रुपमा समस्या परेको ठाँउमा बजेट वितरण हुन नसकेको जिकिर गरे । मधेश सरकारले ल्याएको बजेटप्रती जनता असन्तुष्ट छ, उनले फेरि भने ,"धेरै जनाले बजेटप्रती गुनासो गरिरहेका छन् । उपयुक्त र आवश्यकता अनुसार बजेट नआएको भन्दै जनसमुदायमा आलोचना बढेको छ । खासमा पहिलोको भन्दा यसपटक फरक तरिकाले बजेट तर्जुमा गरिएको हो ।अन्य मन्त्रालयहरुको तुलनामा सबैभन्दा कम बजेट अर्थ मन्त्रालयमा रहेको छ ।आउने दिनमा यो बजेट विनियोजनलाई संसोधन गरि सच्च्याइने छ ।"
त्यस्तै नगरप्रमुख डा. दिपेन्द्र महतोले नीति, कार्यक्रम तथा बजेटमा कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै यस आर्थिक वर्षमा गौशाला नगरपालिकाको धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रमा आवश्यक विकास गर्ने बताए । साथै उनले गौशालाको बजार व्यवस्थापन , शैक्षिक संस्था व्यवस्थापन र स्वास्थ्य सेवा सहज तवरले उपलब्ध गराइने जानकारी दिए ।जनसमुदायको आवश्यकतालाइ औल्याएर बजेट विनियोजन गरिएको उनले बताए ।
कार्यक्रममा मधेश प्रदेशका अर्थ मन्त्री भरत प्रसाद साह , नगर प्रमुख डा. दिपेन्द्र महतो , उपप्रमुख रेनु कुमारी महतो , जसपाका नगर अध्यक्ष कुमरकान्त झा , प्रमुख प्रसाशकीय अधिकृत शम्भु ठाकुर ,नेपाली काङ्ग्रेसका नगर प्रमुख प्रत्यासी बसन्त गुरुङ , जसपाका नेता रमेश महतो , नेकपा एमालेका नेता शंकर महतो , पुर्व उपप्रमुख आशा लामा ,१२ ओटै वडाका वडा अध्यक्षहरु , नगरपालिकाका कर्मचारीहरु ,विभिन्न पार्टीका प्रतिनिधिहरु लगायत बाक्लो सङ्ख्यामा जनसमुदायको उपस्थिति रहेको थियो ।


मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
2 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
8 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
16 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
16 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
17 दिन पहिले
गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..
गौशाला, महोत्तरी असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..
1 महीना पहिले
रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..
गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि १५ जना व्यक्तिहरू मा..
3 महीना पहिले
नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..
महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..
4 महीना पहिले
राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..
काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..
4 महीना पहिले
गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..
ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..
5 महीना पहिले
गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन
निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..
6 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments