मधेश प्रदेशको अर्थमन्त्री हुँदा साहले २९ दिनमा गरेको कामहरु !
2 वर्ष पहिले प्रकाशित
(2081-03-29 B.S.)
1553 पटक देखिएको
निरन्जन कुमार साह
महोत्तरी , २८ गते
मधेश प्रदेशका नवगठित जनमत पार्टीको सरकारमा माऔवादीकेन्द्रबाट अर्थमन्त्री भएका भरत प्रसाद साहले छोटो समयमा नै आफ्नो कार्यकालमा मधेश प्रदेशको आर्थिक प्रणालीलाई एउटा निश्चित मापदण्डभित्र अगाडी बढाएका छन् ।
मधेश प्रदेशको नयाँ सरकार जेष्ठ २५ गते गठन भए पश्चात अर्थ मन्त्रालय माऔवादी केन्द्रले जिम्मा पाएका थियो र माऔवादी पार्टीका संसदीय दलका नेता भरत प्रसाद साहले उक्त मन्त्रालय जिम्मा पाएका थिए । असार १ गते मधेश प्रदेशको बजेट प्रस्तुत गर्दा बजेट विनियोजनमा वित्तीय संघियतालाई कार्यान्वयन जोडमा बजेट प्रस्तुत गरेका छन । त्यस्तै सशर्त अनुदान वितरणमा हुने विकृति रोकेर स्थानीय तह आफैले योजना छान्ने र कार्यान्वयन गर्ने गरि सुत्र बनाइ स्थानीय तहलाई रकम वितरण गरेको उनले बताए । महानगरपालिकालाई रु. १ करोड ७५ लाख ,उपहनागरापालिकालाई रु. १ करोड २५ लाख ,नगरपालिकालाई रु.९५ लाख र गाउँपालिकालाइ रु. ८० लाख दिएको उनको भनाई रहेको छ ।
उनले भने , "हामी संघियताको पक्षधर दल हौँ ।संघियताको पक्षमा हामीले वकालत गर्नुपर्छ र म गर्दै आएको छु । मधेश प्रदेशले संघियताको लागि मुख्य भूमिका खेलेको सर्वविदितै छ । मधेश प्रदेश सरकार स्थानीय सरकारको नजिकको सहजकर्ता र संरक्षक रहेको जनसमुदायले यो महसुश गरेका छन् ।त्यसैले मधेश प्रदेश सरकार जनताको आवश्यकताको दिशामा जानुपर्छ । भन्ने कुरामा हामीले जिड दिएका छौं । प्रदेश सरकार र स्थानीय सरकार सँग हुनुपर्ने सहकार्य सहकारितालाई व्यवहारमा स्थापित गर्दै लैजादा अन्य प्रदेश र संघलाई सिकाइ हुने वातावरण सृजना गरेको छ।"
मधेश प्रदेशमा आयोजना कार्यन्वयनमा देखिएको विकृति र व्यापक जनगुनासोलाइ सम्बोधन गर्न र आर्थिक सुशासन सुधार्न प्रदेशले गर्ने सबै विकास निर्माणका काम खुला प्रतिस्पर्धाबाट कार्यान्वयन हुने व्यवस्था गरिएको बताउंदै नेता साहले उपभोक्ता समितिबाट गर्नुपर्ने काम स्थानीय तहलाई हस्तान्तरण गरिएको उनको भनाई छ । साना साना कामहरु प्रदेश सरकारले स्थानीय सरकार मार्फत गराउनु पर्नेमा उनको जोड रहेको छ ।
मधेशको विकासको मूल अधार पानी हो भन्ना साथ सिचाई मन्त्रालय, कृषि मन्त्रालयमा बजेट सामावेश गर्न गराउन पहिलो प्राथमिकता दिएको र सुख्खाग्रस्त क्षेत्रलाई सम्बोधन गर्न भनेर स-साना कामहरुका लागि स्थानीय सरकारलाई दिएको सशर्त अनुदान ,बिशेष अनुदान र समपुरक अनुदानहरु लगानी गर्नुपर्ने गरि व्यवस्था उनले बताए ।
चालु आर्थिक वर्षमा खर्च १/३ र पुंजीगत खर्च २/३ हुने गरि बजेट विनियोजन गरिएको र 'मुख्यमन्त्री हरित प्रदेश अभियान' अन्तर्गत 'जहा बाटो त्यहाँ रुख त्यसले ल्याउँछ परम सुख' नाराको साथ 'एक नागरिक एक बिरुवा हरित शहर स्वच्छ शहर' भन्ने अभियानलाई बजेटमा मूल रुप दिन प्रयास रहेको उनले बताए ।
साथै उनले मधेश प्रदेशमा माओवादी पार्टीको अस्तित्व र परिचालन इमान्दारीपुर्वक गर्दै आइरहेको र सधै गरिरहने दावी समेत गरे ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
3 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
6 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
7 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
7 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
7 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
7 महीना पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments