मधेश प्रदेशको अर्थमन्त्री हुँदा साहले २९ दिनमा गरेको कामहरु !
1 वर्ष पहिले प्रकाशित
(2081-03-29 B.S.)
1258 पटक देखिएको
निरन्जन कुमार साह
महोत्तरी , २८ गते
मधेश प्रदेशका नवगठित जनमत पार्टीको सरकारमा माऔवादीकेन्द्रबाट अर्थमन्त्री भएका भरत प्रसाद साहले छोटो समयमा नै आफ्नो कार्यकालमा मधेश प्रदेशको आर्थिक प्रणालीलाई एउटा निश्चित मापदण्डभित्र अगाडी बढाएका छन् ।
मधेश प्रदेशको नयाँ सरकार जेष्ठ २५ गते गठन भए पश्चात अर्थ मन्त्रालय माऔवादी केन्द्रले जिम्मा पाएका थियो र माऔवादी पार्टीका संसदीय दलका नेता भरत प्रसाद साहले उक्त मन्त्रालय जिम्मा पाएका थिए । असार १ गते मधेश प्रदेशको बजेट प्रस्तुत गर्दा बजेट विनियोजनमा वित्तीय संघियतालाई कार्यान्वयन जोडमा बजेट प्रस्तुत गरेका छन । त्यस्तै सशर्त अनुदान वितरणमा हुने विकृति रोकेर स्थानीय तह आफैले योजना छान्ने र कार्यान्वयन गर्ने गरि सुत्र बनाइ स्थानीय तहलाई रकम वितरण गरेको उनले बताए । महानगरपालिकालाई रु. १ करोड ७५ लाख ,उपहनागरापालिकालाई रु. १ करोड २५ लाख ,नगरपालिकालाई रु.९५ लाख र गाउँपालिकालाइ रु. ८० लाख दिएको उनको भनाई रहेको छ ।
उनले भने , "हामी संघियताको पक्षधर दल हौँ ।संघियताको पक्षमा हामीले वकालत गर्नुपर्छ र म गर्दै आएको छु । मधेश प्रदेशले संघियताको लागि मुख्य भूमिका खेलेको सर्वविदितै छ । मधेश प्रदेश सरकार स्थानीय सरकारको नजिकको सहजकर्ता र संरक्षक रहेको जनसमुदायले यो महसुश गरेका छन् ।त्यसैले मधेश प्रदेश सरकार जनताको आवश्यकताको दिशामा जानुपर्छ । भन्ने कुरामा हामीले जिड दिएका छौं । प्रदेश सरकार र स्थानीय सरकार सँग हुनुपर्ने सहकार्य सहकारितालाई व्यवहारमा स्थापित गर्दै लैजादा अन्य प्रदेश र संघलाई सिकाइ हुने वातावरण सृजना गरेको छ।"
मधेश प्रदेशमा आयोजना कार्यन्वयनमा देखिएको विकृति र व्यापक जनगुनासोलाइ सम्बोधन गर्न र आर्थिक सुशासन सुधार्न प्रदेशले गर्ने सबै विकास निर्माणका काम खुला प्रतिस्पर्धाबाट कार्यान्वयन हुने व्यवस्था गरिएको बताउंदै नेता साहले उपभोक्ता समितिबाट गर्नुपर्ने काम स्थानीय तहलाई हस्तान्तरण गरिएको उनको भनाई छ । साना साना कामहरु प्रदेश सरकारले स्थानीय सरकार मार्फत गराउनु पर्नेमा उनको जोड रहेको छ ।
मधेशको विकासको मूल अधार पानी हो भन्ना साथ सिचाई मन्त्रालय, कृषि मन्त्रालयमा बजेट सामावेश गर्न गराउन पहिलो प्राथमिकता दिएको र सुख्खाग्रस्त क्षेत्रलाई सम्बोधन गर्न भनेर स-साना कामहरुका लागि स्थानीय सरकारलाई दिएको सशर्त अनुदान ,बिशेष अनुदान र समपुरक अनुदानहरु लगानी गर्नुपर्ने गरि व्यवस्था उनले बताए ।
चालु आर्थिक वर्षमा खर्च १/३ र पुंजीगत खर्च २/३ हुने गरि बजेट विनियोजन गरिएको र 'मुख्यमन्त्री हरित प्रदेश अभियान' अन्तर्गत 'जहा बाटो त्यहाँ रुख त्यसले ल्याउँछ परम सुख' नाराको साथ 'एक नागरिक एक बिरुवा हरित शहर स्वच्छ शहर' भन्ने अभियानलाई बजेटमा मूल रुप दिन प्रयास रहेको उनले बताए ।
साथै उनले मधेश प्रदेशमा माओवादी पार्टीको अस्तित्व र परिचालन इमान्दारीपुर्वक गर्दै आइरहेको र सधै गरिरहने दावी समेत गरे ।
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
2 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
8 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
16 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
16 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
17 दिन पहिले
गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..
गौशाला, महोत्तरी असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..
1 महीना पहिले
रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..
गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि १५ जना व्यक्तिहरू मा..
3 महीना पहिले
नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..
महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..
4 महीना पहिले
राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..
काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..
4 महीना पहिले
गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..
ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..
5 महीना पहिले
गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन
निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..
6 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments