महोत्तरीमा एमालेको ‘लाल किला’ बनाउने मन्त्री यादवको घोषणा

2 वर्ष पहिले प्रकाशित

(2081-11-05 B.S.)

986 पटक देखिएको


महोत्तरी , फाल्गुन ५ गते ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सांगठनिक विस्तारलाई तीव्र बनाउँदै महोत्तरीलाई ‘लाल किला’ मा रूपान्तरण गर्ने लक्ष्यसहित भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले ठूलो संख्यामा सदस्यता वितरण गर्ने योजना अघि सारेका छन्।

गौशालास्थित कबड हलमा आयोजित वडा केन्द्रित अभिमुखीकरण कार्यक्रमको समुद्घाटन समारोहमा मन्त्री यादवले महोत्तरीका प्रत्येक पालिकाका वडामा एमाले पार्टीको सदस्यता  वृद्धि गर्ने लक्ष्य लिएको बताए। साथै उनले आउँदो २०८४ को निर्वाचनमा एमाले नेतृत्वको सरकार बनाउने प्रतिबद्धता जनाए।
तर, उनले जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रममा अपेक्षाकृत कार्यकर्ता उपस्थिति नदेखिएकोप्रति असन्तोष व्यक्त गरे। उनले कम्तीमा १ हजार कार्यकर्ता उपस्थित हुनुपर्नेमा मात्र ५ सय जना सहभागी भएको बताउँदै यो अवस्था पार्टीका लागि दुर्भाग्यपूर्ण रहेको उनले टिप्पणी गरे। संगठन सुदृढीकरणका लागि कार्यकर्ताहरूलाई अझ सक्रिय हुन निर्देशन दिँदै, उनले माघदेखि सुरु हुने वडा-पालिका स्तरीय विस्तार कार्यक्रमलाई तीव्र गतिमा अगाडि बढाउन आग्रह गरे।

उक्त कार्यक्रममा एमालेका केन्द्रीय उपाध्यक्ष राम बहादुर थापा, पूर्वमन्त्री तथा मधेश प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठ, मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादव, प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीलगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

3 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

6 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

7 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

7 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

7 महीना पहिले