गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

11 महीना पहिले प्रकाशित

(2082-06-24 B.S.)

609 पटक देखिएको

गौशाला, महोत्तरी  असोज २४ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रकट गर्न आयोजित “श्रद्धा सुमन सभा” बिहीबार साँझ भव्य रूपमा सम्पन्न भएको छ। गौशालाबजारको गणेश चौकमा , सम्पन्न कार्यक्रममा   दीप प्रज्वलन गरि मनाइयो , जुन हालै सम्पन्न जेन जि आन्दोलनका क्रममा शहीद भएका नागरिकहरूको अमर स्मृतिमा गरिएको हो।

कार्यक्रममा पार्टीका गौशाला नगरपालिकाका नगर  अध्यक्ष ज्ञानेन्द्र प्रसाद गुप्ताले सम्बोधन गर्दै, शहीदहरूको बलिदानलाई आत्मसात गर्दै नागरिक अधिकार, पारदर्शिता र स्वतन्त्रताको मार्गमा पार्टी अडिग रहने विश्वास दिलाए। उनले भने, श्रद्धा सुमन कार्यक्रम केवल श्रद्धाञ्जली होइन, यो हामी सबैको साझा संकल्प हो ।शहीदहरूले देखेको न्यायपूर्ण, समानतामूलक र स्वाभिमानी राष्ट्र निर्माण गर्ने प्रतिवद्धता हो ।”

उनका अनुसार, यो कार्यक्रम देशभर एकैसाथ सञ्चालन गरिएको श्रद्धाञ्जली शृंखलाको हिस्सा हो, जसले जनताको आवाजलाई अझ बलियो बनाउने प्रयत्न गरेको छ। स्थानीय नागरिक, युवाहरू, महिला समूह ,नेता मन्नु अधिकारी लगायत  विभिन्न समुदायको सहभागिता रहेको उक्त कार्यक्रममा देशप्रेम र नागरिक चेतनाको सन्देश प्रवाह भएको थियो। दीप प्रज्वलनसँगै मौनधारण गरेर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

10 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

16 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

3 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

6 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

7 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

7 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

7 महीना पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..