युवा उम्मेदवार ई. लक्ष्मण यादवको घरदैलोमा उत्साहजनक जनसमर्थन
9 महीना पहिले प्रकाशित
(2082-11-08 B.S.)
438 पटक देखिएको
रोहित यादव
महोत्तरी, फाल्गुन ८ गते ।
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार ई. लक्ष्मण यादवले भंगाहा नगरपालिका वडा नं. ५ मा आफ्नो घरदैलो अभियानलाई तीव्र बनाएका छन्। युवापुस्ताको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रिएका यादव यतिबेला टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्।
घरदैलो अभियानका क्रममा उनले स्थानीय बासिन्दासँग हातेमालो गर्दै आशीर्वाद र समर्थन मागिरहेका छन्। मतदातासँग खुलेर संवाद गर्दै उनले अब देशमा पुरानै शैलीको राजनीति नभई पारदर्शी, जवाफदेही र परिणाममुखी शासन आवश्यक रहेको धारणा व्यक्त गरे।
यादवले भने, “देशमा पटक–पटक पुराना अनुहारलाई जिताइयो, तर जनताको अवस्था जस्ताको तस्तै रह्यो। विकास निर्माणका काम अधुरा छन्, युवाहरू रोजगारीका लागि विदेशिन बाध्य छन्, शिक्षा र स्वास्थ्य सेवा सर्वसुलभ छैन। अब नयाँ सोच र नयाँ नेतृत्वको खाँचो छ।”
उनले भदौ २३ र २४ गते सम्पन्न आन्दोलनको स्मरण गर्दै त्यसलाई देश परिवर्तनको ऐतिहासिक संकेतका रूपमा व्याख्या गरे। “त्यो आन्दोलन कुनै व्यक्ति वा दल विशेषका लागि थिएन, त्यो समग्र राष्ट्र परिवर्तनको आवाज थियो। जनताको चाहना परिवर्तन हो भन्ने सन्देश त्यसले दिएको छ,” उनले बताए।यादवले अबको सरकार निष्ठावान र जनउत्तरदायी हुनुपर्ने तर्क गर्दै युवाहरूले नेतृत्व सम्हाले मात्र देशलाई सही दिशामा अघि बढाउन सकिने विश्वास व्यक्त गरे। “हामी डिजिटल युगमा छौं। अब नीति निर्माणदेखि कार्यान्वयनसम्म प्रविधिमैत्री, पारदर्शी र उत्तरदायी प्रणाली आवश्यक छ,” उनले जोड दिए।
राजनीतिमा प्रवेश गर्नुको उद्देश्य स्पष्ट पार्दै उनले भने, “म पदका लागि होइन, जिम्मेवारीका लागि राजनीतिमा आएको हुँ। जनताको सेवा, रोजगारीको सुनिश्चितता, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र सुशासन स्थापना मेरो प्राथमिकता हो।”
घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाहरूले पनि सकारात्मक प्रतिक्रिया दिएका छन्। धेरै मतदाताले युवाको उम्मेदवारीलाई आशाको किरणका रूपमा लिएका छन्। “अब नयाँ पुस्तालाई अवसर दिनुपर्छ, पुरानाले धेरै अवसर पाए,” एक स्थानीय मतदाताले प्रतिक्रिया दिए।
भंगाहा क्षेत्रमा युवाहरूको उल्लेखनीय सहभागिता देखिएको छ। अभियानमा सहभागी युवाहरूले सामाजिक सञ्जालमार्फत पनि यादवको एजेन्डा प्रचार–प्रसार गरिरहेका छन्, जसले चुनावी माहोलमा नयाँ ऊर्जा थपिएको संकेत गरेको छ।
अन्त्यमा उम्मेदवार यादवले भावुक हुँदै भने, “अब परिवर्तनको समय आएको छ। यो परिवर्तन जनताबाटै सम्भव छ। म जनताको साथ, विश्वास र आशीर्वाद लिएर अघि बढ्न चाहन्छु।”
यसरी नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार ई.लक्ष्मण यादवको घरदैलो अभियानले महोत्तरीको राजनीतिक माहोलमा नयाँ बहस र आशा जन्माएको देखिन्छ। अब मतदाताको निर्णयले आगामी राजनीतिक दिशा तय गर्नेछ।
सार्वजनिक जग्गा खाली गराउन प्रशासनको उदासीनता, सुरक्षा à..
भाग्यरेखा ठाकुर महोत्तरी, कार्तिक २८ गते । सार्वजनिक जग्गा अतिक्रमणमुक्त गराउने अभियानमा गौशाला नगरपालिका अघि à¤..
3 दिन पहिले
सूर्यनारायण साहको सहभागितामा गौशालामा रक्तदान कार्यक्à..
कार्तिक १८ गते । महोत्तरी-महोत्तरीको गौशाला नगरपालिका–६, फूलकाहामा आयोजित रक्तदान कार्यक्रममा नेपाà¤..
13 दिन पहिले
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
2 महीना पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० करà..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
5 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्à¤..
8 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखियà¥..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा नà¥..
9 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभà..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाकà¥..
9 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरदà..
9 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्षà..
9 महीना पहिले
सार्वजनिक जग्गा खाली गराउन प्रशासनको उदासीनता, सुरक्षा à..
भाग्यरेखा ठाकुर महोत्तरी, कार्तिक २८ गते । सार्वजनिक जग्..
कमेन्ट गर्नुहोस्
view comments