सुवास नेम्वाङले कांग्रेस सभापति देउवालाई भेट्नुको रहस्य
काठमाडौँ , असार २१
सत्तारुढ दल नेकपामा यतिबेला स्थायी कमिटीको बैठकमा उठेका विषयलाई लिएर खुब रस्साकस्सी चलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै बेला राष्ट्रपतिसँग भेटवार्ता गरेका छन् भने कुनैबेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।
प्रधानमन्त्री ओलीको राजीनामा माग्ने शीर्ष नेताहरुले पनि भेटवार्तालाई तीव्र पारेका छन् । यतिबेला नेताहरुको छलफल र भेटवार्तालाई विभिन्न तरिकाले अर्थाइएको छ । यसबीच सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता एंव स्थायी समिति सदस्य सुवास नेम्वाङले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।
नेता नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहअनुसार प्रधानमन्त्रीकै अनुमतिमा आफूले आइतबार बिहान सभापति देउवालाई भेटेको बताएका छन् । उनले यसलाई सामान्य रुपमा लिनसमेत आग्रह गरेका छन् । भेटमा आफूले सभापति देउवालाई समसामयिक राजनीतिक घटनाक्रमबारे प्रमुख प्रतिपक्षी दलका नाताले जानकारी गराएको बताएका छन् । यसअघि प्रधानमन्त्री ओलीले समेत नेता देउवालाई भेटेका थिए ।
‘प्रधानमन्त्रीजीले प्रतिपक्षी दलका नेता शेरबहादुरजीसँग कुराकानी गर्ने भनेकाले उहाँकै अनुमतिमा म भेट्न गएको थिएँ,’ नेम्वाङले थपे, ‘ठोस विषय त्यस्तो केही होइन। विभिन्न विषयमा जानकारी गराउनुपर्ने थियो, भेटेरै जानकारी गराएको हुँ।’ उनका अनुसार जिम्मेवार प्रतिपक्षका नाताले जिम्मेवार भूमिका कांग्रेसले खेल्ने नै छ। खेलोस् भन्ने मेरो आग्रह छ ।
उक्त भेटमा सभापति देउवाले संवैधानिक परिषदका बाँकी नियुक्ति प्रक्रिया, एमसिसी, संविधानका मर्मविपरीत आएका एकपछि अर्का विधेयकहरू लगायतमा छलफल गरी अगाडि बढ्नुपर्ने धारणा राखेका थिए। यसअघि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच असार १७ गते भेट भएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा ओलीले नेकपा फुटे मिलेर संयुक्त सरकार बनाउने प्रस्ताव देउवासमक्ष राखेको भन्दै अहिले नेकपामा तरंग आएको छ।
श्रोत सफल खबर
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
4 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
10 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
18 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
18 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
19 दिन पहिले
गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..
गौशाला, महोत्तरी असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..
1 महीना पहिले
रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..
गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि १५ जना व्यक्तिहरू मा..
3 महीना पहिले
नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..
महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..
4 महीना पहिले
राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..
काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..
4 महीना पहिले
गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..
ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..
5 महीना पहिले
गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन
निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..
6 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments