राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ३० नेता-कार्यकर्ताले संयुक्त दिए राजीनामा

साउन ११ गते
पूर्वमन्त्री सुनीलबहादुर थापासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ३० नेता-कार्यकर्ताले संयुक्त राजीनामा दिएका छन् । शनिबार पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै सुनील, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेतसहित ३० जनाले राजीनामा दिएका हुन् ।
नेतृत्व ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको र आफूहरुले पटकपटक ध्यानाकर्षण गराउँदा पनि जनमत प्रतिकुल अगाडि बढेकाले साथ दिन नसक्ने निष्कर्षमा पुगेको राजीनामा पत्रमा उल्लेख छ ।
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनील आफ्नो समूहसहित नेपाली कांग्रेस प्रवेश गर्ने तयारीमा छन् । थापालाई कांग्रेसले पदाधिकारी दिने बताइएको छ ।
थापासहितका ३० जना नेताहरुले शनिबार साँझ पार्टी अध्यक्ष पशुपतिसमशेर राणालाई इमेलमार्फत संयुक्त राजीनामा बुझाएका छन् । पार्टी परित्याग गर्ने समूहको नेतृत्वकर्ता महामन्त्री थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । पार्टीमा सहमहामन्त्री रहेका उनी पूर्वउद्योग वाणिज्य मन्त्री हुन् । त्यस्तै अर्का सिन्धुपाल्चोकका नेता विष्णु विक्रम थापा पार्टीको कार्यसम्पादन समितिका सदस्य तथा पूर्व गृहराज्यमन्त्री हुन् ।
राप्रपाबाट संयुक्त राजीनामा दिनेहरुमा सुनीलबहादुर थापा, विष्णु विक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलिप राई, आशाराम चौधरी, चन्द्रबहादुर घुण्डे गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, राम पदारथ साह, नारायण राउत, इन्द्रबहादुर तामाङ र राजकुमार राई छन् ।
त्यसैगरी डम्बरबहादुर राई, माधव पौडेल, अर्जुनविक्रम थापा, हरेन्द्रप्रसाद यादव, रुपनारायण यादव, भिखारीलाल यादव, महेन्द्र बस्नेत, गोपी ठकुरीडोलनाथ आचार्य, दबिबल तामाङ, मदन घिमिरे र ध्रुब थापाले पनि पार्टी परित्याग गरेका छन् । थापाको गृहजिल्ला धनकुटाबाट जिल्ला कार्यसमितका सम्पूर्ण सदस्य र स्थानीय कमिटीहरु राप्रपाबाट अलग भएको राजीनामा पत्रमा दाबी गरिएको छ ।
पार्टी परित्याग गर्नेहरुमा धनकुटापछि सिन्धुपाल्चोकका कार्यकर्ता बढी छन् । बारा, धनुषा, सर्लाही लगायतका जिल्लाबाट पनि केही कार्यकर्ताहरु थापासँगै राप्रपाबाट बाहिरिएका छन् ।
जेन-जी आन्दोलनका सहिदलाई गौशालामा श्रद्धाञ्जली
महोत्तरी, असोज १ गते । गौशाला इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूले जेन-जी आन्दोलनमा सहादत प्राप्त गर्ने शहीद..
3 दिन पहिले
रेडियो जुनतारा सातौँ वर्षमा प्रवेश
ममता शर्मा, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–५ मा अवस्थित रेडियो जुनतारा आजबाट छैठौं वर्ष पार गरेर सात..
3 दिन पहिले
शिक्षा नै प्रगतिको आधार : नाई–ठाकुर १०+२ विद्यार्थी सम्म..
काठमाडौं, भदौ ३१ । स्वतन्त्र नाई संघ (SNS) को आयोजनामा काठमाडौं गौशालास्थित मिथिला थालीमा मंगलबार आयोजित भव्य कार्य..
4 दिन पहिले
सोनमाका स्कुलमा पुगे एसियाका उत्कृष्ठ प्रध्यानाध्यापक ..
महोत्तरी, भदौं १६ गते महोत्तरीको सोनामा गाउँपालिका–२ स्थित श्री सरस्वती जनता माध्यमिक विद्यालयमा आइतवार एस..
19 दिन पहिले
गौशालामा निजी विद्यालयले स्कुल बस र्याली निकाल्यो
महोत्तरी, भदौं १६ गते सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा सोमवार गौशाला बजारमा निजी विद्यालयहरुल..
19 दिन पहिले
रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..
गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि १५ जना व्यक्तिहरू मा..
1 महीना पहिले
नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..
महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..
2 महीना पहिले
राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..
काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..
2 महीना पहिले
गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..
ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..
3 महीना पहिले
गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन
निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..
4 महीना पहिले
जनताको विकासका लागि पूर्वमन्त्री साहको अभियान
निरन्जन कुमार साह गौशाला, महोत्तरी। मधेश प्रदेशका पूर्व अर्थमन्त्री तथा प्रदेशसभा सदस्य भरत प्रसाद साह आर्थि..
5 महीना पहिले
रेडियो जुनतारा सातौँ वर्षमा प्रवेश
ममता शर्मा, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–..
शिक्षा नै प्रगतिको आधार : नाई–ठाकुर १०+२ विद्यार्थी सम्म..
काठमाडौं, भदौ ३१ । स्वतन्त्र नाई संघ (SNS) को आयोजनामा काठमा..
जेन-जी आन्दोलनका सहिदलाई गौशालामा श्रद्धाञ्जली
महोत्तरी, असोज १ गते । गौशाला इन्जिनियरिङ क्याम्पसका वि..
कमेन्ट गर्नुहोस्
view comments