गौशालामा १२९ जना नेपाली कांग्रेस र नेकपाबाट जसपामा प्रवेश
पुष १५ ,गौशाला ,ममता शर्मा
आज गौशाला नगरपालिका वडा न.९ बिसहरपुर वन्टोलवा स्थित जसपाको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
१२९ जना नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट स्थानीय कार्यकर्ताहरु जसपामा प्रवेश गरेका हुन् ।
गौशाला न.पा.को नगर संयोजक कुमरकान्त झाको अध्यक्षतामा भएको उक्त पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि जसपाको केन्द्रिय सदस्य देवनारायण महतो ,विशिष्ट अतिथिका रुपमा संघीय सांसद उम्मेदवार लक्ष्मी महतो ,प्रदेश सांसद उम्मेदवार विनोद कुमार महतो ,पुर्व केन्द्रिय सदस्य सिताराम साह (इन्जिनियर ), जसपा युवासंघको केन्द्रिय सदस्य दिपलाल महतो ,खेलकुद महासंघ प्रदेश न.२ को सचिव संजिव चौधरी लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा आफ्ना विचार राख्दै पुर्वकेन्द्रिय सदस्य सिताराम साह (इन्जिनियर )ले सबैभन्दा बढी सरुवा आफुलाई गरिएको बताउदै नेपाली कांग्रेस र नेकपाले केहि प्रगति नगरेको तर जसपाले अब उन्नति प्रगति गर्ने बताएका छन् । बिगतका कुरालाई समेट्दै उनले औरहिको कालीचरण र गौशालाको रामलखनजस्ता समाजसेवी व्यक्तिलाई मार्ने माओबादी नै हुन् भनेर आरोप लगाएका छन् ।उनले भने 'सबैभन्दा बढी भ्रष्टाचार गर्ने माओबादी र कांग्रेस हो जसले दारु ,रक्सि खुवाएर भोट माग्ने प्रविधिको स्थापना गरेको छ' ।
त्यसैगरि रमेश कुमार महतोले संसदीयबाट प्रधानमन्त्रि र राष्ट्रपति चुन्ने प्रक्रिया हटाएर जनताबाट चुन्ने प्रक्रिया संचालन गर्ने काम जसपाले गर्ने दावी गरेका छन् ।
पार्टी प्रवेशको क्रममा स्थानीय राजविरले भने, 'हामीहरु वर्षौदेखि नेकपा र हाम्रा केहि साथिहरु नेपाली कांग्रेसमा थिए ,तर त्यहा हामीले सुख पाउन सकेनौ । नेकपाले दुख दिदा नेपाली कांग्रेसमा प्रवेश गर्थ्यौ र नेपाली कांग्रेसले दुख दिदा नेकपामा प्रवेश गर्थ्यौ किनभने हामीलाई फुटवल जस्तो खेलाइरहेको थियो । जसले गर्दा आज हामीले यस जसपा पार्टीमा प्रवेश गरेका छौ'।
संघीय सांसद उम्मेदवार लक्ष्मी महतोले स्थानीय स्तरमा करिब ३० ओटा वडामा मठ ,मन्दिर ,धर्मशाला निर्माण गर्दै आइरहेको बताउदै उक्त स्थानमा पनि धर्मशाला निर्माणको लागि श्रमशक्तिबाहेक छड ,सिमेन्ट आदिको खर्चको जिम्मेवारी आफुले लिने प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै जसपाको केन्द्रिय सदस्य देवनारायण महतो जनताले जसपा पार्टीको उम्मेदवारलाइ मत दिएर जिताएमा जनताको हरेक सपनालाइ साकार गर्ने प्रतिबद्धता जनाएका छन् ।
त्यसैगरी कार्यक्रमका अध्यक्ष नगर संयोजक कुमरकान्त झाले जिल्ला देखि प्रदेश र केन्द्रसम्म सदैब जनताको दुखमा साथ् दिने प्रतिबद्धता जनाउदै कार्यक्रमको समापन गरेका थिए ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
4 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
10 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
11 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
13 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
19 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
3 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
6 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
7 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
7 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
7 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
7 महीना पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments