गौशालामा १२९ जना नेपाली कांग्रेस र नेकपाबाट जसपामा प्रवेश
पुष १५ ,गौशाला ,ममता शर्मा
आज गौशाला नगरपालिका वडा न.९ बिसहरपुर वन्टोलवा स्थित जसपाको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
१२९ जना नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट स्थानीय कार्यकर्ताहरु जसपामा प्रवेश गरेका हुन् ।
गौशाला न.पा.को नगर संयोजक कुमरकान्त झाको अध्यक्षतामा भएको उक्त पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि जसपाको केन्द्रिय सदस्य देवनारायण महतो ,विशिष्ट अतिथिका रुपमा संघीय सांसद उम्मेदवार लक्ष्मी महतो ,प्रदेश सांसद उम्मेदवार विनोद कुमार महतो ,पुर्व केन्द्रिय सदस्य सिताराम साह (इन्जिनियर ), जसपा युवासंघको केन्द्रिय सदस्य दिपलाल महतो ,खेलकुद महासंघ प्रदेश न.२ को सचिव संजिव चौधरी लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा आफ्ना विचार राख्दै पुर्वकेन्द्रिय सदस्य सिताराम साह (इन्जिनियर )ले सबैभन्दा बढी सरुवा आफुलाई गरिएको बताउदै नेपाली कांग्रेस र नेकपाले केहि प्रगति नगरेको तर जसपाले अब उन्नति प्रगति गर्ने बताएका छन् । बिगतका कुरालाई समेट्दै उनले औरहिको कालीचरण र गौशालाको रामलखनजस्ता समाजसेवी व्यक्तिलाई मार्ने माओबादी नै हुन् भनेर आरोप लगाएका छन् ।उनले भने 'सबैभन्दा बढी भ्रष्टाचार गर्ने माओबादी र कांग्रेस हो जसले दारु ,रक्सि खुवाएर भोट माग्ने प्रविधिको स्थापना गरेको छ' ।
त्यसैगरि रमेश कुमार महतोले संसदीयबाट प्रधानमन्त्रि र राष्ट्रपति चुन्ने प्रक्रिया हटाएर जनताबाट चुन्ने प्रक्रिया संचालन गर्ने काम जसपाले गर्ने दावी गरेका छन् ।
पार्टी प्रवेशको क्रममा स्थानीय राजविरले भने, 'हामीहरु वर्षौदेखि नेकपा र हाम्रा केहि साथिहरु नेपाली कांग्रेसमा थिए ,तर त्यहा हामीले सुख पाउन सकेनौ । नेकपाले दुख दिदा नेपाली कांग्रेसमा प्रवेश गर्थ्यौ र नेपाली कांग्रेसले दुख दिदा नेकपामा प्रवेश गर्थ्यौ किनभने हामीलाई फुटवल जस्तो खेलाइरहेको थियो । जसले गर्दा आज हामीले यस जसपा पार्टीमा प्रवेश गरेका छौ'।
संघीय सांसद उम्मेदवार लक्ष्मी महतोले स्थानीय स्तरमा करिब ३० ओटा वडामा मठ ,मन्दिर ,धर्मशाला निर्माण गर्दै आइरहेको बताउदै उक्त स्थानमा पनि धर्मशाला निर्माणको लागि श्रमशक्तिबाहेक छड ,सिमेन्ट आदिको खर्चको जिम्मेवारी आफुले लिने प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै जसपाको केन्द्रिय सदस्य देवनारायण महतो जनताले जसपा पार्टीको उम्मेदवारलाइ मत दिएर जिताएमा जनताको हरेक सपनालाइ साकार गर्ने प्रतिबद्धता जनाएका छन् ।
त्यसैगरी कार्यक्रमका अध्यक्ष नगर संयोजक कुमरकान्त झाले जिल्ला देखि प्रदेश र केन्द्रसम्म सदैब जनताको दुखमा साथ् दिने प्रतिबद्धता जनाउदै कार्यक्रमको समापन गरेका थिए ।
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
4 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
10 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
18 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
18 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
18 दिन पहिले
गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..
गौशाला, महोत्तरी असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..
1 महीना पहिले
रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..
गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि १५ जना व्यक्तिहरू मा..
3 महीना पहिले
नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..
महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..
4 महीना पहिले
राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..
काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..
4 महीना पहिले
गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..
ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..
5 महीना पहिले
गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन
निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..
6 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments