विषम परिस्थितिमा नेपाली राजनीति गन्जागोल हुनु ठुलो विडम्बनाको :राजेश हमाल
जेष्ठ ११
नेपाल कोरोना महामारीको दोश्रो लहरसँग जुधिरहेको छ । संक्रमितको संख्या दैनिक ९ हजारको हाराहारीमा रहँदा करीब २०० जनाले दैनिक ज्यान गुमाइरहेका छन् । यस्तो विषम परिस्थितिमा राजनीतिक दल सरकार ढाल्ने र बनाउने खेलमा छन् । संसद् भंग गरेर नयाँ चुनावको मिति तोकिएको छ । सरकार र राजनीतिक दलको क्रियाकलापले आम नागरिकमा निराशा छाएको छ ।
नेपाली चलचित्रका सफल नायक राजेश हमालले कोरोना महामारीको विषम परिस्थितिमा नेपाली राजनीति गन्जागोल हुनु ठूलो विडम्बना भएको बताएका छन् । यस्तो अवस्थामा सरकार, राजनीतिज्ञले आजको प्राथमिकता के हो ? भन्ने कुरामा गम्भीरता नदेखाउनु दुःखद रहेको उनले बताए ।
केही दिन अगाडि मात्रै बेलायतको संसदमा नेपालको कोरोना महामारी र गर्न सक्ने सहयोगबारे छलफल भएको थियो । हमालले विश्वले नेपालको कोरोना महामारीलाई लिएर गम्भीरता देखाइरहेको अवस्थामा नेपालले भने यसलाई गम्भीर रुपमा नलिएको बताएका छन् ।
सोमबार साँझ फेसबुक लाइभ मार्फत हमालले भने–‘यस्तो अवस्थामा यदि हामीले लापरवाही देखायौं, यदि हामी यसमा त्यति गम्भीर छैनौं । हाम्रो ध्यान जहाँ हुनुपर्ने हो, त्यहाँ नभएर राजनीतिक किचलोमा छ, राजनीतिक मुद्दाहरु सुल्झाउनमा छ भन्ने किसिमको सन्देश विश्वमा सम्प्रेषण भयो भने विश्वले पनि जुन गम्भीरतापूर्वक हाम्रो परिस्थितिलाई लिएर विभिन्न किसिमको पहलकदमीहरु गरिरहेको छ, त्यसमा ह्रास पनि आउन सक्छ ।’
उनले अहिलेको प्राथमिकता विषम परिस्थितिबाट गुज्रिएको नेपाल र नेपालीलाई कसरी पार लगाउन सकिन्छ भन्ने रहेकोले सरकारलाई त्यसमै सम्पूर्ण उर्जा र बुद्धि–विवेक खर्चिन अनुरोध गरे ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
4 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
10 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
11 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
13 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
19 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
3 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
6 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
7 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
7 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
7 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
7 महीना पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments