टिकटकमा कता जादै छ नयाँ पुस्ता

2 वर्ष पहिले प्रकाशित

(2079-02-02 B.S.)

5527 पटक देखिएको

जेष्ठ २ ,सोमबार 

अश्लिल भिडियो ,तस्विर ,अपशब्द ,गालि गलौज ,फ्यासनको नाममा सांस्कृतिक परम्पराको उल्लङ्घन अब सामाजिक संजालमा सामान्य भैसकेको छ । आमा बुबाको लुगा च्यातिन्छ छोरा छोरीलाइ पढ़ाउनमा तर छोरा छोरीको लुगा च्यातियो फ्यासन देखाउनमा भन्ने भनाइ अहिले सत्य भएको छ । यसको प्रत्यक्ष सम्बन्ध सामाजिक संजाल संग छ जसमा अगाडी टिकटक छ ।

पछिल्लो समय कुनै पनि प्रकारको संवेदनशीलतालाई वास्ता नै नगरी  व्यक्तिका अनावश्यक कुराहरु यसरी धमाधम टिकटकमा आउन थालेका छन् । यस्ता कैयौँ भिडियोहरुले गर्दा टिकटक अब हेर्नसक्ने अवस्थाका छैन ।

पछिल्लो समयमा टिकटक, फेसबुकलगायत सामाजिक सञ्जाल र अन्य गेमका कारणले बालबालिकाका अभिभावक समेत हैरानीमा छन् । भनेको नमान्ने, घमण्ड गर्ने, टिकटक र मोबाइलमै अलमलिनेजस्ता समस्या एकातिर छन् भने अर्कातिर उनीहरु बिस्तारै असामाजिक बन्दै गएको समेत देख्न सकिन्छ ।

अहिले धेरै अभिभावकको समस्या र चिन्ता यस्तै नै छ । आफ्ना बालबालिकाहरुको व्यवहार रुखो र असामान्य बन्दै गएपछि अभिभावकको मनमा चिन्ता त पस्ने नै भयो । बालबालिका मात्रै होइन पछिल्लो समय युवा, प्रौढ, वृद्ध सबै नै टिकटकको लतमा फसेका छन् ।

छोराछोरी कोठाबाट ननिस्कने, जतिबेला पनि टिकटकको दुनियाँमै रमाइरहने, खान बोलाउँदा समयमा भान्सामा आए भने ठूलै गुन लगाएकोझैँ ठान्नुपर्ने अवस्था अहिले धेरै बाबुआमाले झेलिरहेका छन् ।

कतिपय सन्तान बाबुआमाको बिग्रँदो सम्बन्धले तनावमा छन् । पतिपत्नीबीच कामचलाउ सम्बन्ध अघि बढिरहेकामध्ये पनि धेरैजसो सन्तानका कारण तनावमा छन् । टिकटकले संसारमा धेरैलाई अवसरको ढोका खोल्दै जाँदा हाम्रा कतिपय भावनात्मक सम्बन्धका ढोका भने बन्द गरिरहेको छ ।

२०२१ मा सबैभन्दा बढी डाउनलोड भएको एप टिकटक अहिले अधिकांश एन्ड्रोइड र एपल फोन युजरको मोबाइलमा हुन्छ नै । यसको बारेमा नजानेको वा यसलाई नचिनेको सायदै कोही होलान् ।

नेपालका ग्रामीण क्षेत्रमा जहाँ इन्टरनेटको सहजता छैन, त्यहाँका मानिसहरु मोबाइल डाटाबाट टिकटक चलाउने गर्छन् । उनीहरुले प्रतिदिन कति खर्च गर्छन् ?

टिकटकमा आइरहेको विकृतिलाई लिएर थुप्रै आलोचनाहरु हुनेगरेका छन् । पछिल्लो समय टिकटकमा आवश्यकभन्दा धेरै विकृतिपना र अश्लीलपना देखापरिरहेका छन् । चर्चामा आउने र भाइरल हुने बहानामा अश्लिल र अवान्छित भिडियोहरु सार्वजनिक भइरहेका छन् ।

यसले धेरै मानिसहरुको चरित्र हत्या गराएको छ । यी माध्यमहरुले जति लोकप्रियता कमाएका छन्, त्यति नै आलोचना पनि भएको छ ।

धेरै देशहरुले टिकटक एपलाई ब्याण्ड गरिसकेका छन् ।

बदनामी हुने र लोकप्रिय हुने धेरै मानिसहरु छन् । जसले पनि टिकटक प्रयोग गर्न सक्ने, जो पनि भाइरल हुनसक्ने भएका कारण पनि टिकटक प्रयोगकर्ताहरु बढिरहेको देखिन्छ ।

यस्ता प्रविधिले फड्को मारेसँगै जानेको, सुनेको, देखेको, सोचेको, टाढाको, नजिकको, नातेदारको या सार्वजनिक व्यक्तित्वको सबैका कुरा टिकटकमा आउन थाले । सुन्न र देख्नै नपर्ने कुराहरू पनि बाध्य भएर सुन्नु र हेर्नुपर्ने भयो ।

पछिल्लो समय टिकटक भिडियोलगायतका सामाजिक सञ्जालले साथीहरू के गरिरहेका छन्, आफन्तहरू कता छन्, के गर्दै छन् लगायतका जानकारी मात्र दिइरहेको छैन, साथमा रहेकाहरू आफूसँग दूरी कायम गर्दा कति खुसीसँग समय बिताइरहेका छन् भन्ने कुराको महसुस पनि गराइरहेको छ ।

एउटै घरमा बस्नेहरू मात्र नभएर एउटै कोठा र ओछ्यानमा रहेकाहरू पनि टिकटकलगायत सामाजिक सञ्जालका कारण टाढा हुन थालेका छन् । दिनप्रतिदिन हेर्दाहेर्दै मानिसलाई यस्ता किसिमका सामाजिक सञ्जालले छरपष्ट बनाइरहेको छ ।

मार्निङवाकदेखि भान्सा हुँदै मान्छे मरेका, श्राद्ध गरेकादेखि काजकिरियासम्मका भिडियोहरू आउन थालेका छन् अहिले टिकटकमै । जति अश्लिल र असामान्य व्यवहारका भिडियोहरू दिन सक्यो त्यति दर्शक र फलोअर्स बढ्ने देखिइरहेको छ अहिले ।

मान्छेका व्यक्तिगत कुरा अब व्यक्तिगत रहेनन् । सबै कुरा छरपस्ट गरेपछि समाज कता जान्छ ?
हाम्रो यात्रा कता जाँदै छ ? हामी सबैले आ–आफ्नो ठाउँबाट मनन गर्नुपर्ने बेला आएको छ । संविधानले हामीलाई अभिव्यक्ति स्वतन्त्रताको अधिकार दिएको छ, उत्तरदायीचाहिँ नागरिक आफैँ बन्ने हो ।

हरेक मानिसका व्यक्तिगत र सार्वजनिक सीमाहरू हुन्छन् । व्यक्तिगत जीवन बाँचिरहेका मानिसका पनि सार्वजनिक रूपमा गर्न मिल्ने–नमिल्ने कुराहरू हुन्छन् । हिजोको परिस्थिति फरक थियो । आजको यतिको छ, भोलिको अवस्था झनै डरलाग्दो हुने देखिन्छ ।

सूचना प्रविधिले पछिल्ला पुस्ताहरुका जीवनमा जति अवसरहरू ल्याइरहेको छ, जोखिमहरू पनि त्यत्तिकै बढाइरहेको छ ।

यसरी टिकटकलगायत सामाजिक सञ्जालका विकृतिले समाजलाई पार्ने असरको जिम्मा कसले लिने ?

समाजमा घट्ने बलात्कार र हत्याका घटनामा बालबालिका नै संलग्न हुनेक्रम पनि दिनानुदिन बढ्दो छ । १४-१५ वर्षकै बालक बलात्कारमाा अग्रसर बन्ने, बलात्कारपछि हत्या गर्न नै पछि नपर्ने । १२-१३ वर्षीया बालिका नै गर्भवती बन्ने, समाजमा देखिएका आश्चर्य लाग्दा संवेदनशील अपराध हुन ।

टिकटक र युटुबमा भाइरल बन्नकै लागि सीमाबाहिरको अशोभनीय सामग्री प्रस्तुत गर्नु अपराधलाई प्रश्रय दिनु हो भन्ने कुराप्रति सबै अभिभावकको ध्यान गएको देखिँदैन । भाइरल बनाउने उद्देश्यमा आधारित उत्ताउलो प्रस्तुति उनै प्रस्तोता बालबालिकाकै निम्ति घातक बन्न सक्नेतर्फ न त अभिभावक नै सचेत देखिन्छन् । भाइरल बन्नु आफैंमा नराम्रो होइन, किन कि कलिलो उमेरको आकर्षक प्रस्तुतिले बालबालिकालाई सिद्धहस्त बनाउँछ । समान उमेरका सबै बालबालिकामा यस्तो उत्कृष्ट कला हुँदैन । प्रस्तुतिमा अवस्था अनुसारको वाक् क्षमता, मृदुभाषी र मिठासिलोपन, निर्भीकता, निर्णायक क्षमतामा अभिवृद्धि तथा बालप्रतिभा प्रदर्शित हुन्छ । जसलाई नकारात्मक भन्न मिल्दैन । तर, टिकटकमा भाइरल बन्न शोभनीय विषयवस्तु नै महत्वपूर्ण हुन्छन् भन्ने कुरा बिर्सनुहुँदैन ।

टिकटक प्रस्तुति सोझै अपराधप्रति उन्मुख नभए पनि त्यसबाट अन्य दर्शक बालबालिकाको मनमस्तिष्कमा नकारात्मक प्रभाव पर्न सक्छ । प्रस्तुतिको विषय कुनै समस्यामूलक, कुनै उत्तेजनामूलक, कुनै उच्छृंखल एवं अश्लील, कुनै प्रेमवियोग तथा कुनै नैरास्यतामा आधारित हुने भएकाले त्यस्तो प्रस्तुतिले दर्शक बालबालिकालाई नकारात्मक प्रभाव पार्न सक्छ । टिकटकमा बिछोडको सट्टा मिलन, मर्यादित व्यवहार, माया ममता, पारस्परिक सद्भाव र शिष्टता, बाल शिक्षामा आधारित विषयवस्तुलाई महत्व दिने हो भने त्यो ज्ञान अभिवृद्धिकै साधन बन्न सक्छ । टिकटक निर्माता अभिभावकले यस कुरालाई ध्यान पु¥याउने हो भने टिकटक अपराधको स्रोत बन्न पाउँदैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा इलाका प्रहरी कार्यालयको नजिककै ठाउँमा भयो चोर..

निरन्जन कुमार साह गौशाला , जेठ ४ गते गौशालामा दिनदहाडै चोरीको बिगबिगी बढेको छ । शुक्रबार दिउँसै लाखौको गरगहना रू..

1 दिन पहिले

शिक्षा बलियो बनाउन भौतिक पूर्वाधार हुनुपर्छ : मन्त्री सा..

निरन्जन कुमार साह महोत्तरी , बैशाख ३१ गते मधेश प्रदेश सरकारका मन्त्री तथा नेकपा माओवादी पार्टीको संसदीय दलका नेत..

5 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता ल..

निरन्जन कुमार साह महोत्तरी , बैशाख ३० गते  नेकपा माओवादी केन्द्रले मधेश प्रदेशका मुख्य मन्त्री सरोज कुमार यादव..

6 दिन पहिले

महोत्तरीको बलवा नगरपालिका पूर्ण खोप पालिका घोषणा

निरन्जन कुमार साह महोत्तरी , बैशाख २८ गते महोत्तरीको बलवा नगरपालिका पूर्ण खोप पालिका घोषणा भएको छ । शुक्रबार एक क..

8 दिन पहिले

संसदीय दलका नेता साहले बुझाए ध्यानाकर्षण पत्र

महोत्तरी , बैशाख २८ गते नेकपा माओवादी पार्टीका संसदीय दलका नेता तथा मन्त्री भरत प्रसाद साहले मधेश प्रदेश सरकारला..

9 दिन पहिले

सुजुकीले ल्याएको नयाँ बर्ष २०८१ CASH पाउँ एक्कासी योजना

सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भि.जि. अटोमोबमाईल्स प्रा.लि.ले आफ्ना ग..

2 महीना पहिले

हामी कहिले सचेत नागरिक हुने ?

भरत सिंह  संसार र पृथ्वीको आकार उस्ता उस्तै हुन नसक्नुमा अन्टार्कटिका महादेशले कहीं न कहीं प्रमुख भूमिका निभा..

2 वर्ष पहिले

औद्योगिक क्षेत्रका कारण दुखी भएका पीडित परिवारका ओठमा म..

पवन प्रसाद साह                                  युवा नेता कृष्ण प्र उपाध्याय ( दर्शन ) लुम्बिनी प्रद..

2 वर्ष पहिले

प्राकृतिले भरिएको नेपाल

- नेकपा(माओवादी केन्द्र)का बिरगंज महानगरपालिकाका इन्चार्ज बाबुराम कौशिक एसिया महादेश को ०.३ भुभाग ओगटेको देश ने..

2 वर्ष पहिले

भगवानको रुप माटोको मुर्तिमा

फाल्गुन २ ,सम्सी मिथिला बिहारी पण्डित ,जो आफ्नो मुर्ति बनाएर त्यसलाई बेचेर सामान्य रुपले आफ्नो जीवन व्यतित गर्छ..

3 वर्ष पहिले

गणतन्त्र कि गरिबतन्त्र ?

माघ ७ ,गौशाला                                    गणतन्त्र  कि गरिबतन्त्र  ?                ..

3 वर्ष पहिले